नाम: भिमे।
पूरा नाम: भिम बहादुर तामाङ्।
(भिमे भन्ने नाम सुन्दा पक्कै अजँगको मान्छेको आकृति तपाईंको मगजमा आयो होला। अथवा महाभारतको सिरियलमा देखेको भिमको अनुहार वा कुनै नेताको अनुहार वा तपाईंले चिनेका अरु कोहि भिमे। यस्तो पनि हुन सक्छ कि भिमे तपाईंकै बोलाउने नाम वा नागरिकताको नाम होस्।)
वर्ष: साढे १२।
उचाइ: बढिमा साढे ३ फीट।
वर्ण: गहुँ गोरो, कसैकसैले चाहिं काले नि भन्छन्।
(अब चाहिं तपाईं लाइनमा आउनुभयो। जीउडाल महाभारतको भिमजस्तै बलिस्ठ देखिएपनि भिमेको गोलमोल अनुहार भने तपाईंले चिनेका भिम बहादुर नामका नेताको झैं निर्दोष देखिन्थ्यो। उचाइ चाहिं उ समान उमेरका केटाहरु अर्थात हामीभन्दा अलिकति थोरै।)
स्थायी ठेगाना: बिर्सें। पहाड भन्थ्यो।
अस्थायी ठेगाना: भक्तपुर जिल्ला, बालकोट गाविस।
परिवारमा: बाउ र भाइ। आमा उसको भाइको भाषामा ‘मामाघरमा छिन्’। गाउँलेको भाषामा ‘पोइल गई’। उसको बाउको भाषामा ‘मरी’। उसकै भाषामा चाहिं ‘फोटोमा छिन्’।
पेशा: विद्यार्थी।
रुचि: नपढ्ने। पाङ्ग्रा गुडाउने। कुरा गर्ने।
अब कथा सुरु गरौं क्यार! Continue reading

