बिहानै रेडियोमा सुनियो
चिसोले ‘मान्छे’ मरेको समाचार।
हिउँदमा यस्तै हुन्छ
‘मान्छे’लाई ठहरै पार्छ चिसोले
यस्तो कि मानौं
बिहानै रेडियोमा सुनियो
चिसोले ‘मान्छे’ मरेको समाचार।
हिउँदमा यस्तै हुन्छ
‘मान्छे’लाई ठहरै पार्छ चिसोले
यस्तो कि मानौं
एक सालमा के के हुन सक्छ?
एक सालमा घर बन्न सक्छ, पुल बन्न सक्छ।
एक सालमा गाउँ-शहर हुन सक्छ
र शहर प्रलयले खरानी हुन सक्छ।
एक सालमा सरकार फेरिन सक्छ
मुलुकको नाम र शान पनि फेरिन सक्छ।
एक सालमा माया बस्न सक्छ,
विवाह हुन सक्छ, बच्चा उत्पादन हुन सक्छ।
पोहोर
चार किल्ला ठोकेर
सनपाटको डोरीले बारेर
मैले त्यो माटो आफ्नो बनाएँ
आखिर म पनि जमिनको मालिक भएँ।
सोचें
अब मान्छेहरुले जमिनदार भनेर बोलाउनेछन्
नमस्ते गर्नेछन्, सलाम ठोक्नेछन्
गाउँभरि मेरो शान हुनेछ
चार कट्ठाको म मालिक भएँ।
लेख्न बस्नु र लेख्नुमा ठूलो अन्तर छ कमसेकम मेरा लागि। अक्सर लेख्न बस्दिन म। बाध्यता कहाँ छ र? बाध्यताले लेख्न बस्नुले कति सार्थक लेखिएला र जस्तो पनि लाग्छ। यसै पनि सार्थक लेख्न त सार्थक भोग्नु र सार्थक बाँच्नु पनि त पर्ला, जसमा म पारंगत पनि त छैन। कहिलेंकाहिं बिजुली चम्केजस्तो मस्तिष्कमा तरंग पैदा हुन्छ र लेखिन्छ अनि पो मजा हुन्छ बेजोडको। बेजोडको यस्तो मजाको अनुभव नभएको पनि निकै भइसक्यो। सायद त्यति भाग्यमानी छैन म।
सामाजिक संजालमा खेल्दै गर्दा चम्किएको बिजुलीलाई अलिकति साँचेर एउटा नयाँ कविता जन्माएको छु। अघिल्लो दिन फेसबुकमै हालेको कवितालाई अलिकति मलजल गर्न खोजेको छु। राम्रो भयो भएन, भन्न सक्दिन। तपाईंको लागि पस्किएको छु ब्लगमा जुन बितेका चार महिनामा गरेको यो पहिलो पोस्ट हुनेछ। Continue reading
कविता सुन्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
महलको त्यो फराक बैठककक्षमा
अझै सुनिन्छ हुक्काको ट्वार ट्वार
तमाखुको खरो बास
ऐंठनमा परिरहन्छ बाक्लो धुवाँमा । Continue reading
भानू जयन्तीको अवसरमा http://www.meroradio.com ले आयोजना गरेको कवि सम्मेलन अब सुन्न मिल्ने गरी राखिएको छ, http://www.meroradio.com मा । सुन्नको लागि यसमा क्लीक गर्नुहोस् ।
भानू जयन्ती विशेष कवि सम्मेलन
यहि आषाढ २९ गते मेरो रेडियोले भानू जयन्ती विशेष कवि सम्मेलन गर्न लागेको छ । मेरो रेडियोका अनुसार कवि सम्मेलनमा जुनसुकै स्थानमा बसेर जो कसैले पनि सहभागिता जनाउन सक्नेछ । सहभागि हुनको लागि तपाईँले तल उल्लेख गरिएका मध्ये एउटा गरे पुग्छ ।
१. तपाईँले लेखेको कविता मेरो रेडियोको ईमेल ठेगाना (info.meroradio@gmail.com) मार्फत सीधै पठाउने ।
२. तपाईँले लेखेको कविता यो स्तम्भको कमेन्ट बक्समा सीधै पोस्ट गर्ने ।
३. तपाईँले लेखेको कविता तपाईँकै आवाज वा तपाईँको साथीको आवाजमा रेकर्ड गरेर ईमेल (info.meroradio@gmail.com)मार्फत पठाउने ।