चोर..

साइकलको घण्टी बजाउँदै
त्यो मान्छे
बिहान सखारै
मेरो सपनाको चोकमा आयो

घाम नपस्ने मेरो दैलोमा
फुत्त फ्याँक्यो
घामजस्तै उज्यालो समाचारपत्र
र सट्टामा चोरेर भाग्यो
भ्रुण सपना ।

चोर.. चोर.. चोर..
समात त्यसलाई ।

मेरा आफन्तीहरु खोजिरहे
समाचारपत्रमा समाचार ।

ताजा खबर(अडियोसहित)

त्यो रात
गोली चल्नु र सपना हराउनु
एकसाथ भयो ।

गोली चलेर सपना हराएको हो
या सपना हराएर गोली चलेको हो,
कसले दिन्छ यसको जवाफ ?
सपनाका दलालले,
या बन्दुकका तस्करले ? Continue reading

सियाँलमा

सयौं सालहरुसम्म
उस्तै मक्किएको
उस्तै पहेंलिएको
उस्तैसँग ढुसी पलाएको
त्यो बुढो रुख
न बाढीले पखालिन्छ
न आँधीले लडाउँछ
न धूपले डढाउँछ । Continue reading

तुहिएका धुजाहरु

चंगा मलाई सधै‌ नै प्रीय लाग्छ । चंगा सपना जस्तो लाग्छ र सपना ‌‌‌त्यतिकै मनपर्छ । सायद सपना नहुँदो हो त मान्छेमा सुख नहुँदो हो । त्यहि सपना पूरा हुने आशामा त मान्छेहरु दिनरात गर्छन् । सपनालाई मान्छेहरु भोलिको प्रतिरुप पनि मान्छन् । नमान्नेहरु सपनालाई अप्राप्य अर्धचेतन कल्पना मान्छन् । जस्तो भए पनि सपनामा आनन्द हुन्छ र आनन्द सबैले खोज्छन् । त्यो आनन्द म चंगा हेरेर अनुभूत गर्छु । त्यसैले पनि चंगा र सपनाबारे प्राय लेख्ने गर्छु ।
निकै अघि एउटा मनोवादको स्वरुपमा चंगा र सपनाकोबारेमा लेखेको थिएँ (चंगा सपना)। यो पटक कविताको स्वरुपमा अलि फरक तरिकाले लेख्ने प्रयास गरेको छु ।
कविता पढ्न भित्र आउनुस्। Continue reading