सयौं सालहरुसम्म
उस्तै मक्किएको
उस्तै पहेंलिएको
उस्तैसँग ढुसी पलाएको
त्यो बुढो रुख
न बाढीले पखालिन्छ
न आँधीले लडाउँछ
न धूपले डढाउँछ । Continue reading
Tag Archives: nepali
रात परेपछि
रात परेपछि
पिपलले पनि वीष वमन गर्छ
र रातमा
मानहरु अपमान हुन्छन्
इमानहरु बेइमान हुन्छन्
देउता रिसाएको बेला
देउता रिसाएको बेला
जहाँसुकै भाग न तिमी
जोगिन्नौ क्यारे !
Continue reading
मुर्दाहरु
हरेक बिहान
मृत्युबाट हठात् ब्युँझेर
मुर्दाघरहरुबाट फुत्त निस्किन्छन्,
राष्ट्रको रेखाचित्र किनार किनारमा
चेतनाको थुप्रामाथि
टुक्रुक्क बसेर
वाग्मति मैल्याउँछन्
मुर्दाहरु । Continue reading
पहाडबाट नझरेकी बाला
पुराना कविताहरु ब्लगमा सार्दा खूब रमाइलो हुने रैछ । एउटा अर्को पुरानो कविता । सायद यहाँ राखिएका अरु कविता भन्दा यो हल्का किसिमको लाग्ला तर मलाई भने मनपर्ने मध्यको एउटा हो ।
पहाडबाट नझरेकी
एउटी बाला कान्तिपुरकी
न ती रुपवती
मेरो आफ्नो कविताकी Continue reading
र
र
सत्ता भन्ने
त्यो निर्जीव वस्तु
गेमबल खेल्ने
मोजाको सानो मैलो भकुण्डो भयो ।
ती शैतान बच्चाहरु
खबटाहरु जम्मा गर्दै
गेमबल खेल्दै गरेको
हामी मज्जा मानेर
हेरीरहेका छौँ,
खटप्वालहरुबाट
आँखा छिराएर ।