म त रात हुँ !

Image

म त रात हुँ
अँध्यारो र एकाङ्की !

मसानमा जन्मिएँ
घनघोर जंगलमा खेलें खाएँ
गुफामा हुर्किएँ
जवान भएपछि बस्ती पसें
तैपनि आजीवन भूमिगत छु म!

मेरो अनुहारको कुनै नक्सा छैन
मेरो शरिरको कुनै रँग छैन
मेरो आवाजमा कुनै ओज वा क्रोध छैन
र पनि मेरो बस्ती प्रवेशमा सुटुक्क भाग्छ दिन
मान्छेहरु लुक्छन् ।
Continue reading

शिर्षकविनाको कविता!

Iआज पनि

बिहानै रेडियोमा सुनियो

चिसोले ‘मान्छे’ मरेको समाचार।

हिउँदमा यस्तै हुन्छ

‘मान्छे’लाई ठहरै पार्छ चिसोले

यस्तो कि मानौं

Continue reading

सालहरु

78cbf9aaa0c7013207148939a83670b7

एक सालमा के के हुन सक्छ?

 

एक सालमा घर बन्न सक्छ, पुल बन्न सक्छ।

एक सालमा गाउँ-शहर हुन सक्छ

र शहर प्रलयले खरानी हुन सक्छ।

एक सालमा सरकार फेरिन सक्छ

मुलुकको नाम र शान पनि फेरिन सक्छ।

एक सालमा माया बस्न सक्छ,

विवाह हुन सक्छ, बच्चा उत्पादन हुन सक्छ।

 

Continue reading

माटो

farmer

पोहोर

चार किल्ला ठोकेर
सनपाटको डोरीले बारेर
मैले त्यो माटो आफ्नो बनाएँ
आखिर म पनि जमिनको मालिक भएँ।

सोचें
अब मान्छेहरुले जमिनदार भनेर बोलाउनेछन्
नमस्ते गर्नेछन्, सलाम ठोक्नेछन्
गाउँभरि मेरो शान हुनेछ
चार कट्ठाको म मालिक भएँ।

Continue reading

भिमे – १

नाम: भिमे।

पूरा नाम: भिम बहादुर तामाङ्।

(भिमे भन्ने नाम सुन्दा पक्कै अजँगको मान्छेको आकृति तपाईंको मगजमा आयो होला। अथवा महाभारतको सिरियलमा देखेको भिमको अनुहार वा कुनै नेताको अनुहार वा तपाईंले चिनेका अरु कोहि भिमे। यस्तो पनि हुन सक्छ कि भिमे तपाईंकै बोलाउने नाम वा नागरिकताको नाम होस्।)

वर्ष: साढे १२।

उचाइ: बढिमा साढे ३ फीट।

वर्ण: गहुँ गोरो, कसैकसैले चाहिं काले नि भन्छन्।

(अब चाहिं तपाईं लाइनमा आउनुभयो। जीउडाल महाभारतको भिमजस्तै बलिस्ठ देखिएपनि भिमेको गोलमोल अनुहार भने तपाईंले चिनेका भिम बहादुर नामका नेताको झैं निर्दोष देखिन्थ्यो। उचाइ चाहिं उ समान उमेरका केटाहरु अर्थात हामीभन्दा अलिकति थोरै।)

स्थायी ठेगाना: बिर्सें। पहाड भन्थ्यो।

अस्थायी ठेगाना: भक्तपुर जिल्ला, बालकोट गाविस।

परिवारमा: बाउ र भाइ। आमा उसको भाइको भाषामा ‘मामाघरमा छिन्’। गाउँलेको भाषामा ‘पोइल गई’। उसको बाउको भाषामा ‘मरी’। उसकै भाषामा चाहिं ‘फोटोमा छिन्’।

पेशा: विद्यार्थी।

रुचि: नपढ्ने। पाङ्ग्रा गुडाउने। कुरा गर्ने।

अब कथा सुरु गरौं क्यार! Continue reading

हुस्सु-सेतो अँध्यारो

लेख्न बस्नु र लेख्नुमा ठूलो अन्तर छ कमसेकम मेरा लागि। अक्सर लेख्न बस्दिन म। बाध्यता कहाँ छ र? बाध्यताले लेख्न बस्नुले कति सार्थक लेखिएला र जस्तो पनि लाग्छ। यसै पनि सार्थक लेख्न त सार्थक भोग्नु र सार्थक बाँच्नु पनि त पर्ला, जसमा म पारंगत पनि त छैन। कहिलेंकाहिं बिजुली चम्केजस्तो मस्तिष्कमा तरंग पैदा हुन्छ र लेखिन्छ अनि पो मजा हुन्छ बेजोडको। बेजोडको यस्तो मजाको अनुभव नभएको पनि निकै भइसक्यो। सायद त्यति भाग्यमानी छैन म।
सामाजिक संजालमा खेल्दै गर्दा चम्किएको बिजुलीलाई अलिकति साँचेर एउटा नयाँ कविता जन्माएको छु। अघिल्लो दिन फेसबुकमै हालेको कवितालाई अलिकति मलजल गर्न खोजेको छु। राम्रो भयो भएन, भन्न सक्दिन। तपाईंको लागि पस्किएको छु ब्लगमा जुन बितेका चार महिनामा गरेको यो पहिलो पोस्ट हुनेछ। Continue reading