स्मृतिबाट आधा घण्टा

कथा/२ सेप्टेम्बर २००८
यो बिहान उ गएपछि जब म उहि ब्राण्डको बास्ना उडाइरहेको थिएँ, म उस्तै अनुभवबाट गुज्रिरहेको थिएँ जुन भावमा प्राय: गरी म रन्थनिने गर्छु। हिजो राति त्यसैबारे केहि लेख्न खोजिरहेथें तर सकिन ।

त्यहाँ मान्छेहरु यत्रतत्र हिंडिरहेका थिए, आफ्नै खालका गति र स्टाइलमा । कलेज युनिफर्ममा केहि ह्याङ्की फ्याङ्की केटाकेटीहरु एकअर्कासँग गफ्फीरहेका थिए, मस्कीरहेका थिए। एक अधबैंसे पुरुष आफ्ना समयवहरुसँग चियाको चुस्की लिंदै सरकारी कार्यालयहरुमा कर्मचारीहरुले गर्ने व्यवहारबारे कड्कीरहेको थियो, घाँसे चौरमा बसेर। अनि बेला बेलामा राजनीति र आफ्नै घरायसी व्यवहारबारे पनि कुरा गर्दै थियो।

मैले बच्चाहरु भने आज देखिनँ त्यहाँ । Continue reading

चोर..

साइकलको घण्टी बजाउँदै
त्यो मान्छे
बिहान सखारै
मेरो सपनाको चोकमा आयो

घाम नपस्ने मेरो दैलोमा
फुत्त फ्याँक्यो
घामजस्तै उज्यालो समाचारपत्र
र सट्टामा चोरेर भाग्यो
भ्रुण सपना ।

चोर.. चोर.. चोर..
समात त्यसलाई ।

मेरा आफन्तीहरु खोजिरहे
समाचारपत्रमा समाचार ।

खलनायकहरु

खलनायकहरु गोपी सापकोटाको कविता हो । गोपी सापकोटा नेपाली वाङमयमा परिचित नाम हो जो विशेष रुपमा नाटककारका रुपमा चिनिनुहुन्छ । त्यसबाहेक उहाँ कवि पनि हुनुहुन्छ । यो कविता उहाँको सँग्रह गुलाफको एस्ट्रेमा म्रत्यु मा सँग्रहीत छ । यो कविता सचित्र हेर्न र सुन्नको लागि www.meroradio.com मा जान सकिनेछ । यहाँ भने कविताको केहि अनुच्छेद मात्र राखिएका छन् ।

खलनायकहरु
आंखामा पट्टी बांधे पनि नबांधे पनि
नायकहरुलाई खलनायक देख्छन्
र खलनायकहरुलाई नायक देख्छन्
यो उनीहरुको जन्मसिद्ध गुण हो ।

खलनायकहरु
विचारहीन अमानिस हुन्
जो मानिस जस्तै देखिन्छन् रुपरंगमा
खलनायकहरु
दृष्टिहीन अमानिस हुन्
जो मानिस जस्तै देखिन्छन् रुपरंगमा
खलनायकहरु
श्रवण शक्तिरहित अमानिस हुन्
जो मानिस जस्तै देखिन्छन् रुपरंगमा ।

बेखबर

सुन्नलाई यसमा क्लिक गर्नुस वा होमपेजमा MYRADIO मा जानहोस् ।

आज पनि
बिच बाटोमा उभिएर उनीहरुले
छेक्नेछन् मेरो बाटो
र अघिपछि जस्तै
म चुपचाप घर फिर्नेछु । Continue reading