त्यसो त धेरै समयसम्म नलेखी बस्नुको पिडा नै अचम्मको छ । लेख्नलाई दाँया बाँया अनेकथरी भेट्छु तर कि त लेख्दिन कि लेख्नै सक्दिन । यसरी नलेख्नुको खास कारण त केही हुँदैन तर लेख्न नसक्नु को कारण बुझ्न पो गार्हो हुन्छ त ।
अलिकती त्यो कुरा गरौ जस्को बारेमा म धेरै दिन देखी लेखु लेखु भन्दै आँफैलाई उक्साइरहेको छु ।
(more…)
March 16, 2008
सम्बन्धको कुरा
March 8, 2008
रिमझिम झिम्मझिम्म
वर्षात्
रिमझिम रिमझिम
रिमझिम रिमझिम।
रात
झिम्म झिम्म
झिम्म झिम्म।।
(more…)
February 28, 2008
उनीहरु मलाइ केहि भन्दैनन्!!
उनीहरु मलाइ केहि भन्दैनन्!!
उनीहरु आपसमा
निकै गफगाफ गर्छन्
निकै गन्थनमन्थन गर्छन्
निकै हल्लिखल्लि गर्छन्
तर (more…)
February 24, 2008
गधा . मान्छेहरु !!
मक्किएको खप्परभित्र
गधाको गिदिमा
रेसा रेसामा उंघ्दै उंघ्दै
बाटाभरि लत्रिएको भारी
झट्कारेर मास्तिर सारेर
म ढुंगेनि उकालो उक्लेर
लेकसम्म पुगेसी
जंगलतिर झ्वाम्लाङ्ग
हाम्फाल्ने (more…)
February 22, 2008
चंगा सपना
मलाई सानो छ्दा आकाशमा उडेका चङ्गा हेर्न खुबै मनर्थ्यो। कहिले पहाडको माथि माथि, रुखका मास्तिर त कहिले पहाडका छायामुन्तिर। जति जति चंगा माथि माथि जान्थ्यो, त्यति त्यति मलाइ रमाइलो लाग्थ्यो। निलो आकाशको शरिरका ठाउ ठाउमा लागेका बादलका सेता भुवादार टाटाहरु चिरेर चंगा माथि जान्छ भन्ने आशा मनमा कहिल्यै सेलाएन, बरु जति जति लट्टाइको धागो सकिदै जान्थ्यो आशा त्येति त्येति बढ्दै जान्थ्यो तर मैले कुनै पनि चङा बादल चिरेर माथि पुगेको देखिन बरु बेला बेला धेरै टाढा पुगेको बेला चङा दृष्यबाट हराएको चाहि भएको छ । मलाइ आकाशमा त्यस्ता धेरै चङ्गाहरु एकैचोटि उडेको हेर्न झनै मनपर्छ। (more…)

