मलाई सानो छ्दा आकाशमा उडेका चङ्गा हेर्न खुबै मनर्थ्यो। कहिले पहाडको माथि माथि, रुखका मास्तिर त कहिले पहाडका छायामुन्तिर। जति जति चंगा माथि माथि जान्थ्यो, त्यति त्यति मलाइ रमाइलो लाग्थ्यो। निलो आकाशको शरिरका ठाउ ठाउमा लागेका बादलका सेता भुवादार टाटाहरु चिरेर चंगा माथि जान्छ भन्ने आशा मनमा कहिल्यै सेलाएन, बरु जति जति लट्टाइको धागो सकिदै जान्थ्यो आशा त्येति त्येति बढ्दै जान्थ्यो तर मैले कुनै पनि चङा बादल चिरेर माथि पुगेको देखिन, बरु बेला बेला धेरै टाढा पुगेको बेला चङा दृष्यबाट हराएको चाहि भएको छ ।
मलाइ आकाशमा त्यस्ता धेरै चङ्गाहरु एकैचोटि उडेको हेर्न झनै मनपर्छ। धेरै चङ्गाहरु सङ्गसङ्गै माथि माथि, सङ्गसङ्गै तल तल गरेको हेर्दा त्यो जत्तिको मज्जा अरुबेला लाग्दैन । धेरैवटा रङ्गिविरङ्गी चङ्गाहरु आकाशमा एकैचोटि उडेको कल्पना मात्रै गर्दा पनि म आफै ती चंगाहरुसङ्गै उडिरहेको जस्तो अनुभुब हुन्छ । तर त्यस्तै बेल एउटा चङ्गले अर्को चंगाको धागो चुडाल्न पनि सक्छ । अनि त्यस्तो बेलामा जस्तो बेमज्जा कहिल्यै लाग्दैन ।
चंगा सपना हो , सपना चङ्गा हो । मनको अनन्त आकाशमा बेफिक्री उड्छ सपना, कहिले माथि माथि, कहिले तल तल झर्छ । उड्दै उड्डै मनका अन्तर्कुन्तर सबै चहार्छ । कहिले उज्यालोतिर बतासिन्छ, कहिले अन्ध्यारोतिर बहकिन्छ। तर मनको आकाशमा पनि सपनाले जस्तै बादल् चिर्न भने सक्दैन । मनको बादल् फेरि साह्रै ढीट खालको हुन्छ, अटेरी स्वभावको । कहिलेकाहि धेरै सपनाहरु मनभरि उडेको बेला खुब रमाइलो हुन्छ तर तिनै सपना कहिलेकाहि बाझिन्छन् अनि छाति च्यातिएला जस्तो हुन्छ।
त्यो सबैजनाको आधारशीला थियो, सबैको आश्रयस्थल। त्यहा प्रतिक्षालयभरि धेरैथरि अनुहारहरु हासिरहेका देखिन्थे । बाहिर चमेनागृह पनि त्यस्तै थियो। अलिक भित्र पसेर हेर्दा कार्यशालाभित्र पनि सबै अनुहार् त्यत्तिकै रमिरहेका देखिन्थे । एक किसिमले लाग्दथ्यो, त्यो निलो अनि खुला आकाश हो र त्यहा अनेक् रङ्गका अनेक् आकार प्रकारका चङ्गाहरु उडिरहेका छन् र सबै चङ्गाहरु सङ्गसङ्गै बतास्सिरहेका छन् । उनिहरु एकअर्कासङ्ग मस्तसङ्ग जिस्किरहेका थिए , छिल्लिरहेका थिए , सबै एकै प्रकारको आकाशम रमाइरहेका थिए । कुनै चङ्गाले अर्को चङ्गा चुडाउन्ने सम्भावना छैन भन्ने अनुभव हुन्थ्यो। खूब रमाइलो, साह्रै मज्जा।
सँसार् समयमा अडेको छ । समयसङ्गै गोल पृथ्वि आफ्नै रफ्तारमा घुमिरहन्छ । यस्को वेग जहिल्यै समान हुन्छ। करोडौ वर्षको अन्तरालमा मात्र यस्को वेगमा थोरै उतारचढाव आउने बताउछन् वैज्ञानिकहरु पनि ।
चंगा र संसार कति भिन्न छन्, एकअर्कासङ्ग उनीहरु एकदम पराइ जस्तै रहन्छन् । चंगा चन्चल्, संसार गम्भीर। हुन त चंगा पनि सांसारिक परिधिभीत्रकै सानो कण हुन्सक्छ र चङ्गाका अनेक रङ्ग पनि संसार्कै देन हो तर म याद गर्छु, संसार् आफैं चाहिं चङ्गा जस्तो रङ्गीन् छैन। चङ्गाभन्दा रङ्गपुर्ण भएपनि संसार् चङ्गाजस्तो रमाइलो प्रकृतिको पनि छैन।
त्यहां हांसिरहेका, मुस्कानमा फुरुङ्ग परेर उडिरहेका उनिहरु चङ्गा होइन रहेछन् जस्तो लाग्यो फेरि। उनिहरु चङ्गा हुदै होइनन्, किनकि उनिहरु चङ्गा जस्तै भएको अभिनय गरिरहेछन् भन्ने कुर मैले थाहा पाए जस्तो मलै लाग्यो। उनिहरु केहिबेरम फेरि सधैं जस्तो आफ्नै काममा लाग्छन्, नाना झमेलामा फस्छन् र यावत जिम्मेवारिको भार उनिहरुले बोक्नुपर्छ । टाउकोभरि अनेक् जिम्मेवारिको बोझ बोकेर उनिहरु कसरि उड्न सक्छन् बेबोझ चङ्गा भएर? उनिहरु संसारजस्तै छन्, उनिहरु रङ्गीन हुँदाहुँदै रङ्गीन बन्न सक्दैनन् । उनिहरु उन्मत्त भएर बेपर्वाह फुरुङ्ग परेर आकाशमा फिर्फिर् उडिरहन सक्दैनन्।उनिहरुलै समयले राम्रै सँग जकडिएको छ। उनिहरुको वेगको उतारचढाव न त बढ्छ न त घट्छ नै। उनिहरु चङ्गा बनेको अभिनय धुवाँधार गर्न सक्छन् तर साँच्चैको चङ्गा बन्न भने सक्दैनन् न त उनिहरु हुन् नै ।
मलाइ सपनाका अनेक रङहरु मनपर्छन् । मलाइ चङ्गाका अनेक स्वरुपहरु मनपर्छन् । मलाइ सपना र चंगाका चंचलता मनपर्छन्। समष्टिमा मलाइ सपना मनपर्छ । तर हामि चंगा होइनौं , त्यसैले सपना होइनौं । हामि नीरस संसार हौं । मलाइ हामि मनपर्दैन । मलाइ म मनपर्दैन। मलाइ बरु चंगा हुन मन छ, रंगीन चंगा, सपना । म सानो छंदा मैले सोचिनँ कि म चंगा होइन, म सपना होइन ।
nice feelingggg
I havenot read this one preivously…Roopess Ji..Kite….( unicode bhaye ma nepali ma lekhtyiye…but nabhyera english mai lekhchu…)
I loved the kite analogy…I used to fly kites..wqith my brother…when I was small…and used to create own..stories..not like yours…
Reading your this piece…somehow touched me inside…”I love Kites , I love dreams but we are not kites , we are not dreams”
This seems like a monologue and i liked this piece a lot Roopess ji…
गजब छ सर…निरन्तरता दिनोस्…
साँच्चै! जीवन चंगा होइन र सपना पनि त्यो(चंगा) मात्र सुन्दर कल्पना हो र भ्रम।तर रुपेश तिम्रो भावना साहित्य आकाशको चंगा हो र यो भ्रम होइन वास्तविकता हो। म तिम्रो साहित्य आकाशमा उडिरहेको चंगा हेरिरहेछु यत्तिखेर – मलाई मनपरिरहेको छ तिम्रो उडान। शुभकामना। -anuj as poet