म त रात हुँ !

Image

म त रात हुँ
अँध्यारो र एकाङ्की !

मसानमा जन्मिएँ
घनघोर जंगलमा खेलें खाएँ
गुफामा हुर्किएँ
जवान भएपछि बस्ती पसें
तैपनि आजीवन भूमिगत छु म!

मेरो अनुहारको कुनै नक्सा छैन
मेरो शरिरको कुनै रँग छैन
मेरो आवाजमा कुनै ओज वा क्रोध छैन
र पनि मेरो बस्ती प्रवेशमा सुटुक्क भाग्छ दिन
मान्छेहरु लुक्छन् ।
Continue reading

हामी त चंगा

kite-jpg

झरिको यो अँध्यारो रातमा

हामी त चंगा उडाइरहेका छौं ।

पानबुट्टे चंगा मस्तिले नाच्दैछ

पानी चुहाइरहेको चाल्ने आकाशमा ।

Continue reading

शिर्षकविनाको कविता!

Iआज पनि

बिहानै रेडियोमा सुनियो

चिसोले ‘मान्छे’ मरेको समाचार।

हिउँदमा यस्तै हुन्छ

‘मान्छे’लाई ठहरै पार्छ चिसोले

यस्तो कि मानौं

Continue reading

स्टालिनहरु

smoking manआजकाल 
हर दिन वरफले धर्ती ढाकेको हुन्छ
रातभरि बुढो खोकीले निदाउन नसकेका स्टालिनहरु 
लौरीको आडमा वरफमाथि टेक्दै निस्किन्छन्
ठुटो चुरोट सल्काउँदै स्टालीनहरु
हरेक सर्कोमा नयाँ सिध्दान्तको उद्घोष गर्छन्।

घाम चर्किंदै जान्छ
वरफहरु पग्लिंदै जान्छन्
र धुवाँमा फुकिएका सिध्दान्तहरु 
हावामा विलय हुन्छन्।

स्टालिनहरु चिसो कोट सम्याउँदै
घर फर्किन्छन् अर्को अनिंदो रात कुर्न
र अरु केहि सिध्दान्तहरु जन्माउन!

भिमे – २

भिमेको ‘मितेरी’को कथा सुने/पढेपछि धेरैले भिमेलाई कुटिल माने। त्यति सानो उमेरमा भिमेले जसरी रविन्द्रेलाई चक्मा दियो, त्यो गजबकै थियो।

रविन्द्रेलाई खाँद्न भिमेलाई कुनै आइतबार कुर्नु पर्दैनथ्यो। रविन्द्रे त के, म र रविन्द्र भएर पनि भिमेलाई डेग हल्लाउने आँट गर्न सकिन्नथ्यो। तर भिमेले त्यसो गरेन। अनाहकमा रविन्द्रेलाई गोदेर पेटी खोस्ने काम उसले गरेन। कारण, त्यसरी खोस्दा उसले खोसेको पेटी अर्को दिन फिर्ता गर्नुपर्ने हुन सक्थ्यो, स्कुलका मास्टरका अघिल्तिर वा रविन्द्रेको बाउको अगाडि निरिह भएर। त्यो रिस्क भिमेले लिएन।

तैपनि भिमेले रविन्द्रेबाट ससम्मान पेटी पाउनको लागि अपनाएको रणनीतिको प्रत्यक्षदर्शी म मात्रै भएँ। भिमेको भाइ त्यति बुझ्ने थिएन।

भिमे हिरो भयो। खासमा त्यसभन्दा अघि भिमेलाई मन्दबुध्दि भन्थे मास्टरहरुले। मैले निकै पछि मात्र मन्दबुध्दिको अर्थ बुझें तर मास्टरहरुले भिमेलाई मन्दबुध्दि मान्नुको कारण पत्ता लगाउन सकिनँ।

एकदिन मास्टरहरुले मन्दबुध्दि मान्ने भिमेले मलाई चिठी लेख्यो। कस्तो लेख्यो भन्ने महत्वपुर्ण भएन, ठूलो कुरा २ कक्षामा सँगै पढेको साथीले म ५ कक्षा पुगेपछि चिठी लेख्यो। चिटिक्क परेको खाममा चिठी आयो, स्कुलको ठेगानामा। Continue reading

विन्टर चोक, वार सेन्सेसन र फ्रीकहरु

Winter Fireside: an abstract contemporary painting by Nancy Eckels.
Source: http://nancyeckels.blogspot.com

‘विन्टर चोक’मा मुढा सल्काएर राखिएको छ। ५-६ थान ‘विन्टर फ्रीक’ हरु राउन्डका राउन्ड चियाको चुस्की लाउँदै आगोको रापमा ‘डिसेम्बर ट्वेन्टी वन’ को गफ सेकिरहेका छन्।

चोकहरुमा तिथिमिति र मौसमी चर्चाहरु खूब हुन्छन्। अझ भनौं, यसपालि विशेषगरि विन्टर चोकमा यस्ता तिथिमिति ‘टक अफ दि टाउन’ भएका छन्। यसपालि ‘टक टु वाच’ भएका ‘इस्यु’मा ‘डिसेम्बर ट्वेन्टी वन’ शिर्ष स्थानमा छ भने ‘सीजनल प्राइम मिनिस्टर’को ‘भ्याकेन्सी एप्लिकेशन’को ‘डेडलाइन’ले लामो समयदेखि ‘टप थ्री’मा आफ्नो स्थान बनाएको छ। यस्तै अनेक तिथिमितिमाथि ‘विन्टर फ्रीक’हरुका बहसहरु, अझै भन्नुपर्दा वाक युध्द ‘भर्बल वार’ ले तातिने गर्छ अचेल विन्टर चोक।

खैर, विन्टर चोकमा एकखालको ‘वार सेन्सेसन’ छ यहाँ हुँदो हिउँदमा।

Continue reading