म त रात हुँ !

Image

म त रात हुँ
अँध्यारो र एकाङ्की !

मसानमा जन्मिएँ
घनघोर जंगलमा खेलें खाएँ
गुफामा हुर्किएँ
जवान भएपछि बस्ती पसें
तैपनि आजीवन भूमिगत छु म!

मेरो अनुहारको कुनै नक्सा छैन
मेरो शरिरको कुनै रँग छैन
मेरो आवाजमा कुनै ओज वा क्रोध छैन
र पनि मेरो बस्ती प्रवेशमा सुटुक्क भाग्छ दिन
मान्छेहरु लुक्छन् ।
Continue reading

हामी त चंगा

kite-jpg

झरिको यो अँध्यारो रातमा

हामी त चंगा उडाइरहेका छौं ।

पानबुट्टे चंगा मस्तिले नाच्दैछ

पानी चुहाइरहेको चाल्ने आकाशमा ।

Continue reading

शिर्षकविनाको कविता!

Iआज पनि

बिहानै रेडियोमा सुनियो

चिसोले ‘मान्छे’ मरेको समाचार।

हिउँदमा यस्तै हुन्छ

‘मान्छे’लाई ठहरै पार्छ चिसोले

यस्तो कि मानौं

Continue reading

सालहरु

78cbf9aaa0c7013207148939a83670b7

एक सालमा के के हुन सक्छ?

 

एक सालमा घर बन्न सक्छ, पुल बन्न सक्छ।

एक सालमा गाउँ-शहर हुन सक्छ

र शहर प्रलयले खरानी हुन सक्छ।

एक सालमा सरकार फेरिन सक्छ

मुलुकको नाम र शान पनि फेरिन सक्छ।

एक सालमा माया बस्न सक्छ,

विवाह हुन सक्छ, बच्चा उत्पादन हुन सक्छ।

 

Continue reading

स्टालिनहरु

smoking manआजकाल 
हर दिन वरफले धर्ती ढाकेको हुन्छ
रातभरि बुढो खोकीले निदाउन नसकेका स्टालिनहरु 
लौरीको आडमा वरफमाथि टेक्दै निस्किन्छन्
ठुटो चुरोट सल्काउँदै स्टालीनहरु
हरेक सर्कोमा नयाँ सिध्दान्तको उद्घोष गर्छन्।

घाम चर्किंदै जान्छ
वरफहरु पग्लिंदै जान्छन्
र धुवाँमा फुकिएका सिध्दान्तहरु 
हावामा विलय हुन्छन्।

स्टालिनहरु चिसो कोट सम्याउँदै
घर फर्किन्छन् अर्को अनिंदो रात कुर्न
र अरु केहि सिध्दान्तहरु जन्माउन!

भिमे – २

भिमेको ‘मितेरी’को कथा सुने/पढेपछि धेरैले भिमेलाई कुटिल माने। त्यति सानो उमेरमा भिमेले जसरी रविन्द्रेलाई चक्मा दियो, त्यो गजबकै थियो।

रविन्द्रेलाई खाँद्न भिमेलाई कुनै आइतबार कुर्नु पर्दैनथ्यो। रविन्द्रे त के, म र रविन्द्र भएर पनि भिमेलाई डेग हल्लाउने आँट गर्न सकिन्नथ्यो। तर भिमेले त्यसो गरेन। अनाहकमा रविन्द्रेलाई गोदेर पेटी खोस्ने काम उसले गरेन। कारण, त्यसरी खोस्दा उसले खोसेको पेटी अर्को दिन फिर्ता गर्नुपर्ने हुन सक्थ्यो, स्कुलका मास्टरका अघिल्तिर वा रविन्द्रेको बाउको अगाडि निरिह भएर। त्यो रिस्क भिमेले लिएन।

तैपनि भिमेले रविन्द्रेबाट ससम्मान पेटी पाउनको लागि अपनाएको रणनीतिको प्रत्यक्षदर्शी म मात्रै भएँ। भिमेको भाइ त्यति बुझ्ने थिएन।

भिमे हिरो भयो। खासमा त्यसभन्दा अघि भिमेलाई मन्दबुध्दि भन्थे मास्टरहरुले। मैले निकै पछि मात्र मन्दबुध्दिको अर्थ बुझें तर मास्टरहरुले भिमेलाई मन्दबुध्दि मान्नुको कारण पत्ता लगाउन सकिनँ।

एकदिन मास्टरहरुले मन्दबुध्दि मान्ने भिमेले मलाई चिठी लेख्यो। कस्तो लेख्यो भन्ने महत्वपुर्ण भएन, ठूलो कुरा २ कक्षामा सँगै पढेको साथीले म ५ कक्षा पुगेपछि चिठी लेख्यो। चिटिक्क परेको खाममा चिठी आयो, स्कुलको ठेगानामा। Continue reading