भिमेको ‘मितेरी’को कथा सुने/पढेपछि धेरैले भिमेलाई कुटिल माने। त्यति सानो उमेरमा भिमेले जसरी रविन्द्रेलाई चक्मा दियो, त्यो गजबकै थियो।
रविन्द्रेलाई खाँद्न भिमेलाई कुनै आइतबार कुर्नु पर्दैनथ्यो। रविन्द्रे त के, म र रविन्द्र भएर पनि भिमेलाई डेग हल्लाउने आँट गर्न सकिन्नथ्यो। तर भिमेले त्यसो गरेन। अनाहकमा रविन्द्रेलाई गोदेर पेटी खोस्ने काम उसले गरेन। कारण, त्यसरी खोस्दा उसले खोसेको पेटी अर्को दिन फिर्ता गर्नुपर्ने हुन सक्थ्यो, स्कुलका मास्टरका अघिल्तिर वा रविन्द्रेको बाउको अगाडि निरिह भएर। त्यो रिस्क भिमेले लिएन।
तैपनि भिमेले रविन्द्रेबाट ससम्मान पेटी पाउनको लागि अपनाएको रणनीतिको प्रत्यक्षदर्शी म मात्रै भएँ। भिमेको भाइ त्यति बुझ्ने थिएन।
भिमे हिरो भयो। खासमा त्यसभन्दा अघि भिमेलाई मन्दबुध्दि भन्थे मास्टरहरुले। मैले निकै पछि मात्र मन्दबुध्दिको अर्थ बुझें तर मास्टरहरुले भिमेलाई मन्दबुध्दि मान्नुको कारण पत्ता लगाउन सकिनँ।
एकदिन मास्टरहरुले मन्दबुध्दि मान्ने भिमेले मलाई चिठी लेख्यो। कस्तो लेख्यो भन्ने महत्वपुर्ण भएन, ठूलो कुरा २ कक्षामा सँगै पढेको साथीले म ५ कक्षा पुगेपछि चिठी लेख्यो। चिटिक्क परेको खाममा चिठी आयो, स्कुलको ठेगानामा। Continue reading →
27.702871
85.318244
Like this:
Like Loading...