जिविकाको लागि कान्तिपुर टिभीमा समाचार प्रस्तोताको रुपमा काम गर्छु । यस अर्थमा मलाई पत्रकार भन्छन् । म आफुलाई भने संचारकर्मी भन्न रुचाउँछु ।
विज्ञापन बनाउने काम पनि गर्छु । रेडियोमा बजाउने विज्ञापनमा बढि रुचि छ । अरु विज्ञापनहरुमा बोल्ने र आक्कल झुक्कल लेख्ने काम पनि गर्छु । अनि टिभीमा देखिने एकाध विज्ञापनहरुमा देखिन्छु पनि ।
अचेल धेरैले डकुमेन्ट्री बनाउँछन् । म डकुमेन्ट्रीमा आवाज दिन्छु ।
सभा समारोहमा संचालकको भुमिकाका लागि साथीहरु मलाई खोज्ने गर्छन् चलनचल्तीको भाषामा MCको काम गर्छु ।
मेरो काम गर्ने क्षेत्र भएकाले र मेरो आफ्नै रुचि र रहरका कारण पनि म विद्युतीय संचारमाध्यममा काम गर्न चाहनेहरुलाई प्रशिक्षण दिने काम पनि गर्छु । देशका विभिन्न क्षेत्रमा पुगेर यस्ता प्रशिक्षणहरु दिएको छु । टिभी र रेडियो सम्बन्धी प्राय सबै विषयमा प्रशिक्षण दिने गर्छु ।
थोरै थोरै कविता लेख्छु । कनिकुथी अर्थोक लेख्छु । अर्थोक भन्नाले पत्र साहित्य अलि अलि मनोवाद शैलीमा उपकथाहरु अनि अरु टुक्रा टाक्री । लेखेका कुराहरुलाई ब्लगमा भर्छु । साथै म बस्ने गाउँ सिरुटारका बारेमा पनि ब्लग गर्छु । कस्तो लेख्छु भन्ने मूल्यांमन गर्ने जिम्मा तपाईँको ।