म के हुँ


थाहा छैन म के हुँ । थाहा छैन म को हुँ ।

आफुलाई चिन्न मान्छेले ठूलो तपस्या गर्नुपर्छ भन्छन् । अरुले चिन्दा मेरो अनुहार चिन्छन्, जीउडाल चिन्छन् र यसको समष्टि रुपलाई बोलाउने नाम छ मेरो । तर यो मात्रै मेरो परिचय नहुन सक्छ । म अनुहार र एउटा निश्चित जीउडाल भएको आकृति र स्वरुप मात्र होइन । अरुले जुन अर्थमा चिने पनि बुझे पनि म के हुँ र को हुँ, यसको लेखाजोखा गर्ने बेला पनि सायद भएको छैन ।

मैले बुझेँ भने आफैँलाई चिनेँ भने अवश्य बताउँला । अहिलेको लागि भने तपाईँको जानकारीको लागि भन्दैछु केहि कुरा मेरो बारेमा जुन स्वरुपमा मान्छेहरुले मलाई चिन्छन् ।

बोलाउने नाम रुपेश हो । परिवारले दिएको नाम जुन मेरो बोलाउने नामसँगै जोडिन्छ श्रेष्ठ ।

बस्ने ठाउँ नेपाल खाल्डोको भौगोलिक रुपमा सबैभन्दा सानो जिल्ला भक्तपुरको सिरुटार गाउँ विकास समिति वडा नं १ ।

काम गर्ने ठाउँ कन्तिपुर टिभी । मलाई सम्पर्क गर्नको लागि roopess@gmail.com मा इमेल गर्न सकिन्छ । हाम्रो भेट फेसबुकमा हुन सक्छ, म roopess sresta नाममा त्यहाँ भेटिन सक्छु ।

हाम्रो भेट जीमेलमा हुन सक्छ, roopess मेरो जीमेल आइडी हो ।

अनि ट्वीटरमा मलाई ट्वीट गर्न सक्नुहुन्छ, त्यहाँ पनि म roopess कै नाममा भेटिन्छु ।

3 Responses to म के हुँ

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s