त्यहाँसम्म पुग्न धेरै टाढा छैन
तर बिचमा एउटा नदि छ।
नदिभित्र के छ
पानीलाई थाहा छ
नदिभित्र के छैन
त्यो पनि पानीलाई थाहा छ
तर त्यहाँसम्म पुग्न धेरै टाढा छैन
बिचमा त्यहि एउटा नदि छ।
नदिभित्र डुबुल्की मार्ने
कुनै पौडीबाज छैन
नदिभित्र कुदाउने
कुनै पनडुब्बी छैन
नाउमा नदि तारिदिने
यताउती कुनै माझी छैन
एक्लाएक्लै तर्ने
तुइन पनि छैन
भारीसँगै बथानै तर्ने
यताहुँदो फेरि पनि छैन
त्यसो भए पारी पुग्न सकिन्न त?
अवश्य सकिन्छ
त्यहाँसम्म पुग्न धेरै टाढा छैन
तर बिचमा त्यहि एउटा नदि छ।

I loved it Roopess Ji
गिरिजा बाबुको भनाइ जस्तो लाग्यो यो कबिता त ‘म भन्छु, के भन्छु भने म भन्छु, म किन भन्छु भने म भन्छु – बिचमा त्यहि एउटा नदि छ।’