कम्प्युटर घर जस्तै हो। घरमा भान्सा कोठा, सुत्ने कोठा, बैठक कोठा लगायत किसिम किसिमका कोठा बनाइएजस्तै कम्प्युटरमा पनि कोठाहरु बनाइन्छन् र आफ्ना खजानाहरु भाग लाएर राखिन्छन्। वर्षौंदेखि यी कोठाहरुमा मिलाएर राखिन्छन् अनेकथरि सामानहरु। एकपटक राखेपछि अब अर्कोपटक तीनलाई खोलेर हेरिन्छ, हेरिंदैन के ठेगान। भण्डार कोठामा राखिएका सबै कुराहरु सधैं प्रयोग गरिन्छ भन्ने छैन र कतिपय कुराहरु कुनै पनि बेला काममा आउन सक्छन् भनेर हामीले साँचेर राखेका हुन्छौं। तर वर्षौं बितिसक्दा पनि ती सामान न काममा आउँछन् न हामी तीनलाई खोलेर नै हेर्छौं।
फुर्सदमा ल्यापटपका कोठा कोठा चहार्दै गर्दा भेटिएका यी तस्वीर भने साँच्चै साँचेर नै राखिएका थिए। आज पोका फुकाएर यहाँहरुसमक्ष प्रस्तुत गर्दैछु तस्वीरमा समेटिएका केहि बालापन।
बबरमहलको युएन पार्क पछाडि एउटा सुकुम्बासी बस्ति वर्षौंदेखि वाग्मतीको किनारै किनार दौडिरहेको छ। यसले यो दौडमा के भेट्यो के भेटेन, सन्दर्भ फरक होला। त्यहि बस्तिमा कुदिरहेका, खेलिरहेका, बालापन बाँचिरहेका केहि साना नानीहरुलाई क्यामरामा कैद गरेको थिएँ यस्तै एक डेढ वर्षअघि। टीठलाग्दो बस्तीमा आहारिस लाग्ने बालापन क्यामरामा कैद गरिरहँदा एकदम शतर्क हुनुपर्ने थियो, बस्तिमा भेटिने जो कसैको तस्वीर लिन त्यो बस्तिमा नपाईंदो रहेछ। त्यसैले पनि यी तस्विरहरु मूल्यवान् छन्।

बालापन आकाश जस्तै निर्मल हुन्छ। सफा अनि निर्दोष। दोष त वादल हो जसले आकाशको निर्मलतालाई बेला बेला छोपिदिन्छ।




very nice collection,as i thought before it may have your own childhood pic,yet very innocent faces,great work
liked
kalaatma avibekti………………….tara tapaaiko baalaapan baare kunai sabda paaiyena…..
kalaatmak avibekti………………….tara tapaaiko baalaapan baare kunai sabda paaiyena…..
बालापनको शीर्षक पढ्दा लेखककै बालापनको फुटो देख्न पाइएला भन्ने लागेको थियो । तर त्यो एउटा अनुहार र कथाभन्दा पनि धेरै वटा अनुहार र मुजासँग साक्षात्कार गराइदिनुभयो । आफ्नै रहर, निश्फिक्रीपन र उमंगको बाछिटाले हान्यो बालापनमा पुर्याएर ।
कुनै बादलको पहिरो यिनीहरूमाथि नबगोस् ।