उसको नाम कृष्ण। अरुले चाहिं नाम बिगारेर किश्ने भन्दा रहेछन्। फेवा तालमा डुंगा चलाउँछ। उसले ‘हेर्दाहेर्दै’ डुंगा चलाउन सिकेको रे।
*************************************************
तालवाराहीको दर्शन गरेपछि वारि फर्किने बेलामा अलिकति किचकिचमा परियो।
अघि मन्दिरसम्म पुग्दा एकजनाको ५० को दरले पैसा लिने त्यो मान्छेले हाम्रा लागि डुंगा मिलाउनै टाइम लगायो। तैपनि आखिरमा कुरा मिल्यो र तीरमा डुंगामा बेपर्वाह सुतिरहेको फुच्चे केटोलाई बोलाउँदै त्यो मान्छेले भन्यो,”ए किश्ने, ल ह्वाँहर्लाई मन्दिर राउण्ड हानेर पारि पुर्याइदे त!”
**************************************************************************
“तिम्रो नाम किश्ने हो?”
“हैन!”
“के हो त?”
“कृष्ण!”
गजबको केटो रैछ। १३ वर्षको कृष्णको अनुहारमा अनुहार कम र कपाल र दाँत धेरै देखिने। तर पनि हँसिलो।
****************************************************
कृष्णको कपालको स्टाइल झन् गजबको। उसको आफ्नै डिजाइन रे। “आफैंले काटेको?” “हैन, स्टाइल चाइँ मेरो क्या। कपाल त अरुले नै काट्देका नि, नाइले।”
पहिले तालवाराहीमा हिंड्दै आउन मिल्थ्यो रे।
“पानीमै हिंडेर?”
“हैन, मन्दिर नै उता थियो। अहिले मन्दिर सरेर यता आइपुग्या छ।”
“पहिले भन्या कैले?”
“जमानामा नि!”
“तिम्रो जमानामा?”
“हैन, तपाईंको हजुरबाको जमानामा होला।”
************************************************************
“फेवातालमा कति लिटर पानी होला त भाइ?”
“था’छैन! लिटर त तपाईंलाई था’ होला नि! मलाई लिटर सिटर थाहा छैन।”
लिटर सिटर थाहा नभए पनि फेवा तालको पानीले पृथ्वीभरि भएका गाग्री भरिन्छ रे।



lakeside ma ta dheyrae nae child care haru 6an jha baata bacha haru lae lekh pad garna pani aauta sahayog prdhan garin6 taara krishna jasta kta haru kashari uniharuko aakha baata 6alinirae6an.
Aaja aachama layo…
मेरो पनि सलाम छ किस्नेलाई!
नाम बिगारेर के भो त कसैले आफ्नो जिन्दगी बनाउने प्रयास गर्दैछ ताल माथि डुंगा खियाउँदै । सलाम छ किसुनजी लाई ।