हरेक बिहान
खाना खानुअघि
बरण्डामा हात धोइरहँदा
पुरुषोत्तम दाइ
खाना सोध्छन् र खान बोलाउँछन्
सधैं हुन्छ भन्छु
तर अक्सर म जान्न ।
हरेक साँझ
खाइसकेर आँगन अघिल्तिर चुठ्दै गर्दा
म पुरुषोत्तम दाइलाई
खाना सोध्छु र खान बोलाउँछु
सधैं हुन्छ भन्छन्
तर अक्सर उनी आउँदैनन् ।
सायद यसैले
पुरुषोत्तम दाई मेरा छिमेकी हुन्
र म उनको छिमेकी हुँ ।
Advertisement
Nice… it just saying about the neighbor but what exact in it…itself.