कुनै दिन..

कुनै दिन..

किनारमा टुक्रुक्क बसिरहेको म
सम्झिरहेथें तिमीलाई
र नदिमा बग्दै गरेको पानीमा
औंला घुमाउँदै
कोर्दैथिएँ तिम्रो तस्विर
तर तस्विर
बिलाउँदै जान्थ्यो पानीमा
गढ्दै जान्थ्यो मुटुमा ।

अर्को कुनै दिन…

रुझ्दै हिंडिरहेको म
पखालिरहेको थिएँ तिमीलाई स्‍मृतिबाट
वर्षातको पानीसँगै
बगिरहेको आँखाको बाटो हुँदै
तर वर्षातको पानी
आँसुको तापले वाफिएर
म डुब्दै गएँ
तिम्रो न्यानोपनमा ।

हालैको कुनै दिन…

क्षितिज ताकिरहेको पहाडमा
निसहाय उभिरहेको मलाई
हिर्काइरहेथे हावाका फुच्चे फोकाहरु
त्यतिबेला
भुईंमा झरिरहेथे
उहि सम्झनाका खोकाहरु
तीनै खोकाको रापले
म पग्लिरहेथें
तिमीले दिएका गुलाब सल्किरहँदा ।

Advertisement

5 Responses to कुनै दिन..

  1. SACHAI NAI DHERAI RAMRO CHA

  2. प्रेमी र प्रेमीका बिचको सम्बन्धलाई पानी, बाफ र हावा संग राम्रो संग जोड्नु भएको छ ! अब पुनः पानी मै परिवर्तन हुने हैन त कबि ज्यू ? :)

  3. मीठा शब्द संरचनाक़ा संयोजन

  4. Thank You Kaaku for the very first comment from your side on my blog! Welcome and happy reading!

  5. यस्ता शब्द देख्दा डाह लागेर आउँछ !! हाम्लाई नि सिकाए हुने नि यति सुन्दर शब्द जाल बुन्न !!

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s