२०५८ आषाढ २७ को कविता
समयको धारसामू ऊ खडा प्रश्न हो ।
जीवनको भारमूनि यौटा सुक्ष्मता हो ॥
आश्चर्यवान् जगको एक आश्चर्य हो ।
आजको मान्छे एउटा नौलो विस्मय हो ॥
ऊ यस्तो चालक लौ कस्तो वक्र चालको ।
ऊ मीथ्या चिराग कालो यो कालै कालको ॥
मान्छे रक्षक धर्तीको ऊ आफ्नै प्राणको ।
ऊ आदर्श नजान्ने देव भयो हालको ॥
आँखै कस्ता हुन् ती कुनै तत्वै देख्दैनन् ।
ती हृदयभित्र सत्यका भावै लेख्दैनन् ॥
बन्धु को मीत्र को कसैलाई देख्दैनन् ।
माया काटी वैर बाटी बेराग हाँस्दछन् ॥
आफैं बुन्छ आफैं गुन्छ आफैं नै सुन्दछ ।
जे जे देख्छ जे भेट्छ आफैंलाई चुन्दछ ॥
कुहेको झिनो सीनो पनि कतै छुट्दैन ।
पल पल कुकृत्यमा आफैंमा फुट्दछ ॥
आजको हो रे यो समयको माग ।
हाय ! चरित्रदाग कस्तो अनुराग ॥
यो नाना पाखण्डी आधुनिक चाला ।
झ्यारझुर लुगा टालटुल टाला ॥
पुर्खाले देका अर्ती मिठा मिथ्या भैगो ।
संस्कृति ठूला ऊकन बेअर्थ नै भो ॥
विज्ञान चम्कियो ज्ञान भण्डार बन्दै भो ।
जीवन तत्व नजान्ने नक्षत्र जान्ने भो ॥
धनकै पास उसमा जीउने आश ।
त्यो हो मिदास चेलो विलासको दास ॥
टुप्पोबाट पलाको मानव आजको ।
सुन्दर वागबीच वनमारा घाँस ॥
आजको मान्छे उज्यालो स्वयं हटाउँछ ।
सुरिति जे छन् हेरी चट्ट घटाउँछ ॥
लुट मच्चाउँछ सदा फुट लच्काउँछ ।
सुकेको कागती फेरि कहाँ रसाउँछ
जे गर्छ स्वत हुन्छ विरुद्ध परको ।
चुस्दै कुह्याउँदैछ जग त्यो विश्व घरको ॥
शीर ठाडो वचन ठाडो पद्धति ठाडो ।
नुहेको कहाँ छ र नफलेको हाँगो ॥
सीर्जना के छ आफ्नो महान हुँ भन्दछ ।
सबका सामु आफुलाई धेर गन्दछ ॥
दर्पण हेरी सजावट सज्जा गर्दछ ।
मै हुँ भनी सुन्दर आफुलाई ठान्दछ ॥
अहो ! देवसृष्टि मास्दो भो त्यो व्याध चर्को ।
संसारको लागि घातक त्यो जहर भो ॥
आगो धर्तीमा संक्रमणकारी आवेगको ।
आजको मान्छे मानवको अवशेष भो ।।।।


auta sabda kosh kinne sur saar gardai chhu…herau sabda kohs ma pani.. artha bhetiyen bhane..tapaikai samipama aayer ….sodh khoja garaula….!kaha bata furoy …yesto….la badhaii..chha…lekhdai januhs …padhne manchhe aru pani …khojaula…hunna…?
By: nayan on July 8, 2009
at 4:12 PM