Posted by: roopess | July 1, 2009

कोपिला

२०५७-८-१६ को कविता

रातो रवि चीसो प्रात काल फोर्दै जग चियायो
सेतो हिमचुली लौ ताजुब त्यो नि रातै पो भयो
जगको थकान सिध्दिने वित्तिकै बिहानी भयो
कोमल दिव्य नवकोपिला उद्यानमा हाँस्तो भयो ।

प्रक्रितिको सानो रुप भै शीत थोपा ओँठमा ली
खुल्दो भो कोपिला सुवर्ण स्वप्न मीठो कलमा ली
दिव्य जादु यौटा उद्यानमा सौन्दर्यको फिँजाई
फूल्दो भो कोपिला आफुमा अलौकिकता मिसाई ।

सुवास छ मीठो छर्नु उद्यान सुन्दर बनाई
कुसुमाकरमा सर्वसुन्दर बन्नु छ मलाई
सोच्दो भो नवकोपिला पवन् बग्दो मीठो बनाई
माटै हर्हराओस् झरीकन यै देह ओइलाई ।

रविको न्यानो स्पर्शमै बुँद शीत थोपा पग्लाई
कोपिला माधूर्य फिँजाउँदो भो भ्रमर बोलाई
शीशु सानो निश्छल सरी कोपिला मन्द मुस्काई
मैँतिर आउ सब भनी बोलाउँदो जगलाई ।


Responses

  1. Wonderful poem

    “दिव्य जादु यौटा उद्यानमा सौन्दर्यको फिँजाई
    फूल्दो भो कोपिला आफुमा अलौकिकता मिसाई ।”

    These two are the touching lines…..

    wud love to read more…

    • Sushma/Sweta/Nayan-Welcome to my BLOGSTREET. Thanks for the comment and please keep on visiting.

  2. भक्कानो अन्तर्गत प्रेषित गरिएको रहेछ ।
    कोपिला निकै राम्रो लाग्यो अनि अहिले सम्म कै अलि पृथक लाग्यो यस अर्थमा कि यहाँ अरु कविताहरु प्राय: गद्द मा थिए यो चाँहि पद्द मा रहेछ ।

    • धन्यवाद । गल्तीले भक्कानोमा परेछ । सच्याएको छु ।


Leave a response

Your response:

Categories