२०५७-८-१६ को कविता
रातो रवि चीसो प्रात काल फोर्दै जग चियायो
सेतो हिमचुली लौ ताजुब त्यो नि रातै पो भयो
जगको थकान सिध्दिने वित्तिकै बिहानी भयो
कोमल दिव्य नवकोपिला उद्यानमा हाँस्तो भयो ।
प्रक्रितिको सानो रुप भै शीत थोपा ओँठमा ली
खुल्दो भो कोपिला सुवर्ण स्वप्न मीठो कलमा ली
दिव्य जादु यौटा उद्यानमा सौन्दर्यको फिँजाई
फूल्दो भो कोपिला आफुमा अलौकिकता मिसाई ।
सुवास छ मीठो छर्नु उद्यान सुन्दर बनाई
कुसुमाकरमा सर्वसुन्दर बन्नु छ मलाई
सोच्दो भो नवकोपिला पवन् बग्दो मीठो बनाई
माटै हर्हराओस् झरीकन यै देह ओइलाई ।
रविको न्यानो स्पर्शमै बुँद शीत थोपा पग्लाई
कोपिला माधूर्य फिँजाउँदो भो भ्रमर बोलाई
शीशु सानो निश्छल सरी कोपिला मन्द मुस्काई
मैँतिर आउ सब भनी बोलाउँदो जगलाई ।


Wonderful poem
“दिव्य जादु यौटा उद्यानमा सौन्दर्यको फिँजाई
फूल्दो भो कोपिला आफुमा अलौकिकता मिसाई ।”
These two are the touching lines…..
wud love to read more…
By: Sweta Baniya on July 8, 2009
at 3:09 PM
Sushma/Sweta/Nayan-Welcome to my BLOGSTREET. Thanks for the comment and please keep on visiting.
By: roopess on July 8, 2009
at 6:14 PM
भक्कानो अन्तर्गत प्रेषित गरिएको रहेछ ।
कोपिला निकै राम्रो लाग्यो अनि अहिले सम्म कै अलि पृथक लाग्यो यस अर्थमा कि यहाँ अरु कविताहरु प्राय: गद्द मा थिए यो चाँहि पद्द मा रहेछ ।
By: आकार on July 2, 2009
at 12:16 AM
धन्यवाद । गल्तीले भक्कानोमा परेछ । सच्याएको छु ।
By: roopess on July 2, 2009
at 3:48 AM