भजन हो या राष्ट्रगानमा
सलामी गर्दैछन्
मेरा सार्वभौम सेनाबेना ।
मनोगत अग्रगमनको सिद्धान्तहरुको
शास्त्रार्थमा व्यस्त भए
मेरा महान् राष्ट्रपुन्जहरु ।
क्रान्ति हो या आतंकमा
आर्तनाद गर्दैछन्
मेरा अनाम नागकिहरु ।
पराधीनताको कलेवरमा
आज पत्रपत्रिकामा छापियो
मेरो लोकतन्त्र ।
अति सुन्दर पंक्ति…
पराधीनताको कलेवरमा
आज पत्रपत्रिकामा छापियो
मेरो लोकतन्त्र ।
What is this लोकतन्त्र mean ???