Roopess’s Blogstreet

April 28, 2008

एड्सम्यानको धम्की : Weird

अहिले इन्टरनेटमा र खासगरी युट्युबमा एड्स म्यानको चर्को विवाद चलिरहेको छ । यो विवादको मुख्य कारण चाहिँ अनुहार नदेखाई एक अफ्रिकी मूलका अमेरिकी भनी दाबी गर्ने व्यक्तिले आफूले १५ सयभन्दा बढी महिलाहरुलाई एड्स सार्दै हिँडेको र अब आफू अमेरिका बाहिर निस्किसकेको दाबी गरेपछि भएको हो ।

यस कुरालाई पत्याउने हो भने युट्युबमा पोस्ट गरिएको एउटा भनाइ अनुसार एक अफ्रिकी मूलका करिब ३० वर्षभन्दा माथिका एक पुरुषले कालो पट्टि लगाएर एउटा भिडियो पोस्ट गरेका छन् । उनको भनाइ अनुसार उनी केही वर्षअघिसम्म खुशीयालीपूर्ण जीवन बिताइरहेका थिए । तर अकस्मात उनको जीवनमा वज्रपात भयो, जब उनले थाहा पाए- वेश्यागमन गर्ने क्रममा उनलाई एड्स लागिसकेको रहेछ । उनले आफ्नो मरणअघि नै नरक भोग्नुपरेको र त्यसको कारण पृथ्वीका महिला भएको आरोप लगाएका छन् ।

त्यसैले संसारभरका महिलाहरुलाई आफूसँग भएको एड्स सार्दै हिँड्ने क्रममा छन् र अहिलेसम्म उनले १५ सयभन्दा बढी महिलाहरुलाई आफूले एड्स सारिसकेको बताएका छन् ।

रोचक के छ भने उनको यो दाबीलाई केही व्यक्तिहरुले स्पष्ट रुपमा पुष्टि गरेका छन् । एक महिलाले पोस्ट गरेको भिडियोमा उनले भनेकी छिन् कि कसरी एड्स म्यानले उनलाई फकाए र अन्त्यमा उनको शरीरसँग खेलिसकेपछि एड्स सारिसकेको घोषणा गरे । अहिले त्यो घटनापछि उनको जीवनमा कस्तो परिवर्तन आयो भन्ने विषयमा उनले आफ्नो भनाइ राखेकी छिन् ।

यो भिडियो पोस्ट भएको केही समयभित्र नै संसारभर हलचल सिर्जना भइसकेको छ । केही व्यक्ति चाहिँ यो एउटा लहडीको लहड भएको बताइरहेका छन् भने कोही चाहिँ यो एउटा अश्लील चलचित्रका कामूक अभिनेताको “फ्रस्ट्रेशन” जताइरहेका छन् । कसैले चाहिँ यी व्यक्तिलाई सकेसम्म चाँडै खोजेर गोली हानी हत्या गरिनुपर्ने र उनको टाउकोको मूल्य तोकिनु पर्ने बताइरहेका छन् ।

तर त्यो भिडियो वास्तविक हो कि होइन भन्ने कुरा अहिलेसम्म कसैले पनि स्पष्ट धारणा बाहिर ल्याउन सकिरहेका छैनन् ।

निकै धनी यी व्यक्ति आकर्ष अनि लोभलाग्दो कारमा आउने हुनाले केटीहरु चाँडै पट्टिने खतरा भएका कारण धेरैले यस्ता काला व्यक्तिसँग सावधान रहनसमेत चेतावनी दिइरहेका छन् ।

source: Enasha

3 Comments »

  1. hi roopesh ji, feeling too much nice to see your article like this..now you won my heart from the depth ..too nice writting. In Ktm i am roaming here n there like a dog so i can’t be able to read you in a regular manner but keep trust me whenever i got chance i ll read you…wow..woww..and woow…
    Common Ametya.. When I m just copying some article from somewhere else .. then you are praising me and when I write something of my own then you are not approving them? Thats not fair man..

    Comment by ametya — April 28, 2008 @ 9:24 am

  2. was that copy paste article ??? Ollllla…… I m sorry ……….i thought that was yopur own. It would be nice if you write like above…don’t take me a s a wrong ….roopesh ji…

    Dear Ametya,
    I am sorry to let you knw that its an article taken from ENASHA which I found interesting. But I also want to inform you that I have mentioned the source of the article at the last. You can see that once. I am a journalist and I knw the respect of copyright.

    Comment by ametya — May 3, 2008 @ 5:18 am

  3. thnk you for catching my fault not to see the last word…….r u journalist ???? I m too crazy to it…i m in blogging only because of a journalist………so i do respect journalism n journlism from the depth of heart……In which paper do you write ?? I have never known there is a kind of smthing in me unless n until that particular journalist’s writting invoked me. I love to write articles like a coulmist write ..n you can taste my writting too if you see my nepali writting in article aim category…but i m too dull abt journalism since i ve never taken any training toward it……Once i got an environment to settle down in ktm , i do promise you that i will try my best to do smthing in the field of journalism…….1st of all for that i need a job so that i could stay in my promise…anyway feeeling ttoo nice that u r from journalism field…

    Comment by transponder ametya — May 11, 2008 @ 6:24 am

RSS feed for comments on this post. TrackBack URI

Leave a comment

Powered by WordPress.com