वर्षात्
रिमझिम रिमझिम
रिमझिम रिमझिम।
रात
झिम्म झिम्म
झिम्म झिम्म।।
म
मेरो निदरि
मेरो सपना
रातमा
वर्षात् संगै
रिमझिम
झिम्मझिम्म ।।।
वर्षातको कुनै ठेगान छैन
रातको कुनै आकार छैन
निदरिको कुनै परिधि छैन
सपनाको कुनै आकृति छैन।।।।
वर्षात्
रात
निदरी
र सपना
कुनै सम्बन्ध छैन
उनीहरु सबै मेरा हुन्
उनीहरु कुनै मेरा होइनन्।।।।।
तर
उनीहरु सबै म संगसंगै
रिमझिम रिमझिम
झिम्मझिम्म झिम्मझिम्म।।।।।।