मक्किएको खप्परभित्र
गधाको गिदिमा
रेसा रेसामा उंघ्दै उंघ्दै
बाटाभरि लत्रिएको भारी
झट्कारेर मास्तिर सारेर
म ढुंगेनि उकालो उक्लेर
लेकसम्म पुगेसी
जंगलतिर झ्वाम्लाङ्ग
हाम्फाल्ने सपनामा
मदमस्त भएर
उक्लि उक्लि उक्लिंदैछु ।
एउटा गधाको
आत्महत्या गर्ने सपना
र
एउट मान्छेको मनको मन्थन
कतिन्जेल् साथ हुनसक्ला?
साथ साथ लहरी लहरी
लसक्क लसक्क
लस्कि लस्कि
लेकसम्मको बाटा
नापिरहेछन्
गधा जस्तै मान्छेहरु ।।

prayash ramro chha . jari rakhnus pragati hune dekhinchha . ghada jastai manchhe ki , manchhe jastai gadha ? do u know abou it ?
http://www.golmech.com
Comment by Narayan — February 26, 2008 @ 6:08 pm